ताल जोगाउन गण्डकी सरकारले खुलायो कार्यकारी प्रमुखको ‘भ्याकेन्सी’
पाेखरा | असार ३१, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारले ताल तथा जलाधार क्षेत्र संरक्षणको लागि कार्यकारी प्रमुखको आवेदन (भ्याकेन्सी) खुला गरेको छ ।
ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ बमोजिम स्थापित ताल संरक्षण तथा प्राधिकरणको कार्यकारी प्रमूखको छनौटको लागि रोष्टरमा नाम समावेश गराउने सम्बन्धमा आवेदन खुलाएको गण्डकी प्रदेशले सोमबार सुचना प्रकाशित गर्दै उल्लेख गरेको छ ।
प्रकाशित सुचनामा भनिएको छ, ‘पहिले पनि प्रमूखको छनौटको लागि आवेदन खुुलाइए पनि ऐन बमोजिमको संख्यामा रोष्टरमा नाम समावेश हुन नसकेको कारण पुण आवेदन खुलाइएको हो ।’
इच्छुक योग्य व्यक्तिले उम्मेद्वारमा नाम दिन सम्बन्धित विषयमा स्नात्तोकर गरी दश वर्षको अनुुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदन दिने व्यक्ति उमेरले ५५ ननाघेको, नैतिक पतन तथा फौजदारी कसूरमा दोषि नठरिएको र राजनीतिक दलमा समावेश नभएको हनुुपर्नेछ ।
साथै व्यक्तिगत विवरण, कार्ययोजना, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुुभवको प्रमाणपत्रसहित वन वातावरण तथा भू–संरक्षण मन्त्रालयमा प्राप्त हुुनेगरि सूचना प्रकाशन भएको १५ दिन भित्रमा पेश गरि सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

